मस्को स्टेडियममा विश्वकप फुटवल हेर्दाको क्षण…..

– खड्ग बुढाथोकी
त्यो आत्मा गौरवको अनुभूतिलाई मैले शव्दमा व्यक्त गर्न सक्दिन । मेरो सपनाको साक्षात्कारको अवसर थियो, त्यो । विश्वकपको स्टेडियममा आफै जाने मेरो चाहना थियो, तर कसरी थाहा थिएन । जे भएपनि हामी पुग्यौं मस्कोको विश्वकप स्टेडियममा । हामीले नेपाली झण्डा लठ्ठि सहित लैजाने तयारी गरेका थियौं, तर सेक्युरिटिले लाठि सहितको झण्डा लान दिएन । हामी कपडा मात्रको झण्डा र नेपाली टोपि लगाएर मस्को रंगशालामा पुगेका थियौं ।
हामी फुटवलको उद्घाटन खेलकै दिन पुगेका थियौं, तर त्यो उद्घाटनका दिन हामीले इन्ट्रि पाउनु असम्भव रहेछ । किनकि विश्वका भिआइपिहरु पुगेका थिए त्यहाँ । तर दोस्रो दिन भने प्रवेश निश्चित भैसकेको थियो ।
रंगशाला प्रवेश गर्दा मेरो मन फुलेको थियो, हृदयमा खुसिका तरंगहरु बगिरहेका थिए । त्यो गौरवको अनुभूतिलाई मैले शव्दमा व्यक्त गर्न सक्दिन, साहित्यकार भैदिएको भए एउटा उपन्यास लेख्थे होला…. । विश्वकप फुटवलको सपना मेरो पहिल्यै देखिको सोंच थियो, त्यसैले विगत ६ महिनादेखि मैले त्यो प्रयास गरिरहेको थिए । संयोगले म सहित नेपालका दुइदर्जन सहकर्मिहरुको टिकट फिक्स भैसकेको थियो । त्यसो त आइपिएल क्रिकेट स्टेडियममै हेरेको थिएं, तर त्यो भन्दा विश्वकपको मजालाई मैले शव्दमा बुन्न सक्दैन ।
फुटबल खेल उद्घाटनको दोस्रो दिन हामीले रंगशालामा प्रवेश पायौं । टेलिभिजनमा हेरेको विश्वकप फुटवल र रंगशालामा हेरेको फुटवलको तुलना गर्न मैले सक्दिन, धेरै बोल्यो भने, टेलिभिजन हेर्ने आम खेलप्रेमिहरुको अपमान हुनेछ । तैपनि देखिएका घटनाले मलाइ प्रफुल्लित बनायो । हामी नेपालीहरु संयोगले रंगशालाको एउटै रो मा थियौं । त्यसमा फस्ट लेन्थको तल्लो तलाको १७ नम्वरमा । हामीले नेपाली झण्डा हल्यायौं, नेपाली टोपि लगाएका थियौं, अनि सामान्य हुटिङ पनि । कति सभ्य थियो, कति भव्य थियो, अनि सुरक्षा व्यवस्थापनको व्याख्या कसरी गरौं । हामीले मोवाइल र नेपाली झण्डा बाहेक केहि लैजान पाएका थिएनौ ।
हामी दाङबाट विश्वकप फुटवलमा सहभागि हुने म, मेरी श्रीमती लुमा बुढाथोकी र भाइ अमन बुढाथोकी थियौं । जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीजले हाम्रो यात्रा र टिकटको चांजोपांजो मिलाएको थियो । जुन ६ महिना पहिलेदेखिको प्रयास थियो । खर्चको कुरा नगरौं, सायद एक जनाले ५ लाखको खर्चमा मस्कोको विश्वकप फुटवल हेरेर नेपाल फर्कियौं । सायद हामीहरु दोस्रो दिन नपुगेको भए टिकटको भाउ
अचाक्लि हुँदै थियो, साथिभाइका अनुसार अहिले त विश्वकप फुटवल स्टेडियममा प्रवेश शुल्क एक हजार युरो पुगेको सुन्छु । त्यो फाइनल गेममा अझै अचाक्लि हुने छ, अर्थात् टिकट पाउनै समस्या हुने छ ।
हामी तीन दिन सम्म खेल मैदानको सत्र नंवर रोमा रह्यौं । कति रोमाञ्चक थियो, त्यो अवस्था । जुन देशको खेल हुन्छ, उनका समर्थकहरुले गोल गरेको क्षणमा समर्थन जनाउन हामीलाई अनुरोध गरिरहन्थे । दर्शकहरुले खानेपिने बस्तु वाहिरबाट लैजान सम्भव थिएन, तर टेस्टेड फुड र आवश्यक अनुसारको पेय पदार्थ रंगशालाभित्रै उपलव्ध हुन्थ्यो, चाहना अनुसारको खाजा नास्ता अनि पेय पदार्थ । उत्साह र उल्लास मनाउन जतिपनि छुट थियो, तर विरोध गर्न त्यहां कुनै छुट थिएन ।
आ–आफ्नो मुलुकका राष्ट्रिय झण्डा ओढेका देखिन्थे दर्शकहरु । कपडा मनपर्ने खेलाडीको लोगो अंकित । अनि चरम उत्साहको अवसरमा अर्धनग्न पनि देखिन्थे महिला पुरुष दर्शकहरु । उनीहरु आफ्नो खेलाडीको सपोटमा मर्न तयार छन्, राष्ट्र गौरवका लागी । तर अरुको विरोधमा झडपको अवस्था भने थिएन् । कतिले त आफ्ना बाहिरी वस्त्र समेत फुकालेका देखिन्थे, जुन खेलको सम्मान र गौरवकालागी भएको हामीले महसुस गर्यौं । तर पनि हामी नेपाली कुनैपनि खेलाडीको पक्ष लिने दिन आइसकेको थिएन, त्यसैले मौन समर्थन मात्र गर्यौ । हामी मस्को पुग्नासाथ नेपाली मिडिएटर, भारतीय मध्यस्तकर्ता लगायत ट्राभल एजेन्टको टिमले हामीहरुलाई गाइड गरेको थियो ।
हामीलाई स्टडियम पुग्न कुनै समस्या भएन । हामीलाई मस्कोको एउटा फोरस्टा होटलमा बसाइएको थियो, त्यसलाई होटल डेल्टा भन्दा रहेछन् । जहाँ नेपालीहरु ब्ढि थिए, अनि केहि विदेशिहरु । हामीहरु त दाङका तीन जना मात्रै थियौं, तर त्यहां पुगेपछि हामी नेपाली करीव एक सय बढि भेटिएका थियौं, अनि विदेशि मुलुकका खेलप्रेमीहरु पनि । महिलाहरुको त झनै धेरै सहभागिता थियो । श्रीमती लुमाले एक्साइटेड हुंदै भन्दै थिइन्, फर्कने वेलामा फेरी अर्को वल्र्डकपमा पनि आउंला है । खै सायद अर्को विश्वकपमा हाम्रो उमेर कति हुने हो, परिस्थिति कस्तो हुने
हो, तैपनि प्रयास गरौंला अर्को वल्र्डकपमा पनि ….।
त्यसपछि रंगशाला छिरेपछि मेरो मन सयपत्रिजस्तै फुलेको थियो, खेलप्रेमले । खेलको मायां कति हुन्छ भन्ने मैले त्यसबेला मात्रै अनुभूत गरें । खेलमा कति गौरव छ, कति अनुशासन छ, अनि कति राष्ट्रियता छ ।
विश्वकप रंगशालाबाट फर्केपछि…