रेडियोको वार्षिकोत्सवमा अकोरावको केन्द्रीय टोलि आउँदै, सांस्कृतिक कार्यक्रम र निःशुल्क पानी वितरण

३ बैशाख, सल्यान / सल्यानको कपुरकोटबाट सञ्चालन हुँदै आएको सामुदायीक रेडियो कपुरकोट एफएमले मंगलबार वार्षिक उत्सव मनाउँदै छ । हरेक वर्ष झै यसपालि पनि वृहत सांस्कृतिक कार्यक्रम तथा स्थानीय तह र सामुदायीक रेडियोको अन्तरसम्बन्धका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको रेडियोका कार्यकारी प्रमुख सन्तोष घर्तीले जानकारी दिएका छन् ।
विहान ११ बजे कपुरकोटमा उद्घाटन हुने आठौँ वार्षिकउत्सव कार्यक्रममा सामुदायीक रेडियो प्रशारक संघ (अकोराव) का केन्द्रीय पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधीहरु लगायतकाको सुहभागीता रहने उनले जानकारी दिएका छन् । यस्तै अन्तरक्रियाको साथमा केन्द्रीय स्तरका कलाकारहरु रजिना रिमाल, शक्ति चन्द, आरुसी मगर लगायत स्थानीय कलाकारहरुले उत्सवको अवसरमा सांस्कृतिक प्रस्तुती राख्ने घर्तीले जनाएका छन् । साथै रेडियोले सम्पूर्ण श्रोता, विज्ञापनदाताहरुमा भोलि मंगलबार हुने आठौँ वार्षिकउत्सव समारोहमा उपस्थीत भइदिन अनुरोध गरेको छ ।
यसैविच रेडियो कपुरकोटको वार्षिकोत्सवको अवसरमा कार्यक्रम हेर्न आउने दर्शकहरुका लागि होटल सगरमाथाले निःशुल्क पिउने पानीको व्यवस्था गरेको छ । होटल सगरमाथा एण्ड लजका प्रोपाइटर रुपक बुढाले वार्षिक उत्सवमा आउने अतिथि तथा दर्शकहरुलाइ शुद्ध पिउने पानीको व्यवस्था गरिने जानकारी गराए । उनले प्रशस्त सम्पत्ती भएर यो सेवा गर्न लागेको नभई सेवा गर्ने भावना अनुसार गर्मीयाममा आउने दर्शकहरुलाइ चिसो पानी निशु्ल्क वितरण गरिने जानकारि गराए । जसका लागी उनले दुइ जना सहयोगी खटाइने पनि जानकारी दिएका छन्।