खेलकुद सामाग्री वितरण

२ बैशाख, तुलसीपुर (दाङ) / तुलसीपुर उपमहानगरपालीका वडा नं. १९ मा खेलकुद सामाग्री वितरण गरिएको छ । १९ नम्बर वडाका युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न युवा सञ्जालले खेलकुद सामाग्री वितरण गरेको हो ।
युवा सञ्जालका अध्यक्ष पवन पौडलको अध्यक्षता एवं तुलसीपुर उपमाहानगपालिका वडा नं. १९ का वडा सदस्य केशर बहादुर पुनको अध्यक्षतामा भएको खेलकुद सामाग्री विरतण कार्यक्रममा बोल्ने वक्ताहरुले खेल मानिसको स्वास्थ्यका लागी अति उत्तम रहेको र राष्ट्रका लागी पनि त्यतिकै महत्व रहेको भन्दै खेल क्षेत्रको विकासमा युवा सञ्जाल लाग्न सुझाव दिएका थिए । तुलसीपुर १९ को सहयोगमा सञ्जालले वडामा रहेका १७ समुहलाई फटबल, भलिवल (भलिवल नेट) वितरण गरेको सचिव तुल्सीराम वलीले जानकारी दिएका छन् ।
सञ्जालका उपाध्यक्ष देवेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेसकी पुष्पा डाँगी, माओवादी केन्द्रका हरी बहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका तुलसीपुर उपमहानगरका संयोजक नन्दाराम रोका, दलित सञ्जालका वडा अध्यक्ष तेजेन्द्र विश्वकर्मा, महिला सञ्जालकी वडा अध्यक्ष तुलसी घर्ति लगायतकाले बोलेका थिए भने सञ्चालन सञ्जालका सचिव तुल्सीराम वलीले गरेका थिए ।