१३ बैशाख, भक्तपुर/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताउनुभएको छ । आज मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते हुनुभई उपचार गराइरहनुभएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक ...